काठमाडौं । एमालेका नेता तथा भक्तपुर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी ओलीसँग कांग्रेस सभापति देउवाको तुलना हुन नसक्ने बताएका छन् ।
निर्वाचनलाई केन्द्रित रहेर रफत सञ्चार क्लब भक्तपुरद्वारा आयोजित कार्यक्रमलाई बोल्दै सत्ता गठबन्धनले भावी प्रधानमन्त्री तोक्न नसकेको भन्दै आलोचना गरेका हुन्
हामीले केपी ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ। तर, गठबन्धनले अबको भावी प्रधानमन्त्रीको भनेर अगाडि बढाउन सकेको छैन । अब देउवा नै भावी प्रधानमन्त्री होलान् भनेर मान्छेले अनुमान गर्न थालेका छन्’ उनले भने, ‘कतिपय टिकटकमा तथा हास्य क्षेत्रका साथीहरूले ओलीको अगाडि देउवा भेलुबाजे जस्तै हुन् सम्म भन्न थालेका छन् । टिकटकमा अहिले चर्चित पात्र भेलु बाजे छन् नि ।’
उनले देउवालाई लक्षित गरेर भेलुबाजे जस्तो प्रधानमन्त्री कहिलेसम्म थेग्ने ? भनेर प्रश्न गरेका छन्। ओली नेतृत्वको सरकारले प्रत्येक दिन विकास निर्माणको योजना शिलान्यास हुने गरेको बताए











