काठमाडौं -नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।काठमाडौं क्षेत्र नम्बर १ मा चौथो पटक निर्वाचन जित्ने लक्ष्यका साथ चुनावी मैदानमा रहेका उनले आफ्ना एजेण्डा सार्वजनिक सम्मेलन गरेका हुन् ।
पत्रकार सम्मेलनपछि सिंहले प्रधानमन्त्रीमा आफ्नो दाबी रहने बताए । भावी प्रधानमन्त्रीमा कांग्रेसबाट तपाईँको दाबी हो की होइन भन्ने प्रश्नमा उनले घुमाउरो ढंगबाट जवाफ दिए ।आफू प्रधानमन्त्रीको दाबेदार रहेको बताउँदै आएका सिंहले त्यसैका लागि काठमाडौं १ बाट पुनः चुनावी अभियानमा रहेको भन्दै मत माग्दै आएका छन् ।
पहिले सांसद निर्वाचित भएपछि मात्रै यो विषयमा खुलेर भन्न सकिने उल्लेख गर्दै उनले आफूसँग प्रधानमन्त्रीका लागि आवश्यक ‘योग्यता’ भएको बताए ।सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा कम्युनिस्टको किल्ला आफूले भत्काएको दाबी पनि गरेका छन् ।











