दाङ मा एक जना चेलीले आफ्नो जन्मदिनको अवसरमा रगतदान गरेकी छिन । घोराही नगरपालिका १० दाङमा बस्ने निर्जला गहतराजले आफु सगै आफ्ना साथीहरु विष्णु बुढा र बीएस बुढाले दाङ घोराहीको ब्लड बैंक पुगेर आफ्नो २० औं जन्मदिनको अवसरमा रगतदान गरेकी हुन् । कसैलाई पनि रगत नपाएर अस्पतालमा ज्यान गुमाउनु नपरोस भन्ने भावनाले आफुले रगत दान गरेको र आफुले जन्मदिनको अबसरमा रगतदान गर्न पाउदा आफु निकै खुसि भएको निर्जलाको भनाइछ । आफु १६ बर्षको भएदेखि रगत दाङ गर्ने इच्छुक भएपनि आज बल्ल अबसर जुटेको निर्जलाको भनाइछ।
