इन्देणी संवाददाता
जाजरकोट, साउन ४
जाजरकोटका १० गाविस पूर्ण खोपयुक्त घोषित भएका छन् । १० गाविसमा दुई वर्षदेखि नियमित रुपमा सबै बालबालिकालाई खोप लगाउने गरिएका कारण पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।index

दुई वर्षसम्मका बालबालिकामा सर्वेक्षण गर्दा सबै बालबालिकाले १० वटै खोप नछुटाइ लगाएको पाइएपछि जिल्ला खोप समन्वय समितिको सिफारिस गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा प्रावधान रहेको छ । त्यही अनुसार सवै मापदण्ड पुरा भएपछि १० गाविसलाई पुर्णखोपयुक्त गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य प्रमुख राजेन्द्र जिसीले बताउनुभयो ।

जिल्लाका पैक, जगतीपुर, साल्मा, दशेरा, अर्छानी, लहँ, ढिमे, झाप्रा, टालेगाउ, सुवानाउली गाविसका २७ सय १२ बालबालिकाले १० वटै खोप लगाएका छन् । अरु गाविसलाई पनि क्रमशः पूर्ण खोपयुक्त गाविस घोषणा गरिने  प्रमुख जिसीले बताउनुभयो । रग्दा, भगवती, कार्कीगाउ, डाडागाउ, सक्ला, रामीडाँडा, भुरसहितका गाविसलाई चाँडै नै पूर्ण खोपयुक्त घोषणा गरिने उहाँले बताउनुभयो ।।