प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गरिरहनु भएको छ ।

IMG_20160713_154658प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा कांग्रेस–माओवादीले प्रधानमन्त्री ओली विरुद्ध संसदमा दर्ता गरेको अविश्वासको प्रस्ताव र बाँकी प्रक्रियालाई कसरि टुङ्ग्याउने भन्ने बारेमा छलफल भइरहेको वालुवाटार स्रोतले जनाएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र संवैधानिक अड्चनका विषयमा छलफल गर्न कांग्रेस सभापति र माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्रीले बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावको सामना गर्ने बताउँदै आउनु भएको छ । त्यसअघि काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीलाई अल्पमतमा परेको दावीगर्दै राजीनामा दिन अल्टिमेटम दिएका थिए ।