यस बर्ष मालपोत कार्यालय सल्यानबाट १ करोड ७५ लाख ४८ हजार २ सय ५० रुपैयाँ राजस्व संकलनभएको छ । सल्यानमालपोतमा घरजग्गा रजिष्ट्रेशनबाट १ करोड ६७लाख १ हजार २४, रातो पुर्जा विक्रिबाट ७५ हजार ७ सय ७५, न्यायिक दस्तुर दण्ड जरिवानाबाट ४ हजार ९ सय ५०, रोक्का दस्तुर ४ लाख ४५ हजार ३० र सेवा शुल्कबाट ३ लाख २१ हजार ४ सय ७१ रकमजम्माभएको जिल्लामालपोतअधिकृत हेमराजशर्माले जानकारी दिनुभयो ।
विभिन्नशुल्कतथा दस्तुर बापत् आएको रकमजिल्लाविकास समिति, नगरपालिका र राजस्वकार्यालयमा पठाइने बताइएको छ । मालपोतमाजम्माभएको रकमजिल्लाविकास समितिमा ६३ लाख २४ हजार ५ सय ८३, नगरपालिकामा७८ लाख ६६ हजार २ सय ८० र ३३ लाख ५७हजार ३ सय ८६ रुपैयाँआन्तरिक राजस्वकार्यालयमा पठाइने शर्माले बताउनुभयो । गतबर्ष भन्दायसवर्ष राजस्व संकलनमा वृद्धि भएको भन्दै अधिकृत शर्माले पछिल्लो समय महिलाको नाममाजग्गापास गर्नेकामात्रामापनि वृद्धि भएको जानकारी दिनुभयो ।
