प्युठानमा आर्थिक वर्ष २०७२/ ०७३ मा पूँजिगततर्फ विनियोजित बजेटको ७८ दशमलव ९३ प्रतिशत मात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानले दिएको जानकारी अनुसार ९८ करोड ६७ लाख ६१ हजार ९ सय रुपैयाँ बजेट विनियोजन भएकोमा ७७ करोड ८८ लाख ७३ हजार ६ सय ११ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका कोष नियन्त्रक दिनेश थापाले जानकारी दिनुभयो ।
प्युठानमा रहेका ३२ वटा विभिन्न विषयगत कार्यालयको गरी कुल २० करोड ७८ लाख ८८ हजार २ सय ८८ रुपैयाँ बजेट काम नभई फिर्ता भएको उहाँले जानकारी दिनुभयो ।