साउन ४ दाङ । निरन्तरको बर्षातका कारण बाँकेमा राप्तीनदीमा पानीको सतह बढ्न थालेको छ । बाँकेको कुुसुमस्थित जलमापन केन्द्रका प्रतिनिधि भद्रबहादुर थापाले नदीमा पानीको सहत अन्य दिनभन्दा बढेको जानकारी दिनुभयो । सोमबार बेलुका ६ बजे पानीको सतह ३.७७ मिटर पुगेको छ । कुसुममा पानीको सतह ४.७० मिटर पुगेमा नदी आसपासका बाँकेका दर्जनबढी गाउँहरूडुबानको जोखिममा हुने र्गछन् ।

यसैबीच आइतवारदेखि परिरहेको निरन्तरको बर्षाका कारण नेपालगन्जका विभिन्न सडक डुबानमा परेका छन् । भर्खरै निर्माण भएको सुर्खेतरोडमा समेत बर्षाका कारण आवागमनमा कठिनाई भएको स्थानीयले जनाएका छन् । विगतमा ढल निकासको उचित प्रबन्ध नहुँदा सानो बर्षामा समेत डुबानमा पर्ने नेपालगन्ज यसपटक नाली निकासको व्यवस्था भएपनि सडक डुबानमा परेका छन् । केही सडकमा नालीको उचित व्यवस्था नहुँदा डुबान भएको गुनासो नगरबासीको छ ।
नेपालगन्ज उप–महानगरपालिकाले असार मसान्त भित्र नगरका विभिन्न भागलाई डुवान मुक्त बनाउन ढल निर्माण तथा सडक निर्माणका कामलाई तिव्रता दिए पनि समयमै सम्पन्न गर्न नसक्दा डुवान हुन पुगेको नगरवासीको भनाई छ । नेपालगन्जकाका घरवारी टोल, बेलासपुर, शान्तिनगर, गणेशपुर, धम्बोझी, बसपार्करोड लगायतको ठाउँमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।
