राजपुर गाबिसका सचिबको सरुवा भएपछि जिल्ला बिकास समितीले सतबरिया गाबिसका सचिबलाई राजपुर गाबिसको जिम्मा दिएको छ । राजपुर गाबिस सचिब तुलसीराम खड्काको बढुवा सँगै सरुवा भएपछि तत्कालका लागि सतबारीया गाबिस सचिब हिरालाल चौधरीलाई जिम्मेवारी दिईएको जिबिस दाङले जानकारी दिएको छ ।

Thumbnails2_vdc secretery absent vdc offfive brahmpuri

राजपुर गाबिस सचिब बिहिन भएपछि गाबिसले गर्ने दैनिक कामकाज प्रभाबित भएको थियो । तत्काल गाबिस सचिबको माग गर्दै त्यहाँका राजनितिक दल एवं स्थानियहरुले जिल्ला बिकास समिति, जिल्ला प्रशासनमा पुगेर गाबिसको व्यवस्था गर्न गरेका थिए ।

सचिब नै भएर जाने व्यक्ति जिविसमा नभए पछि तत्कालका लागि सतबरीया गाबिस सचिब चौधरीलाई राजपुरको समेत जिम्मेवारी दिएको स्थानिय बिकास अधिकारी रमेश गौतमले जानकारी दिनुभयो ।

साथै जिविसले आबस्यक कर्मचारीको सम्बन्धमा संघियमामिला तथा स्थानिय बिकास मन्त्रालयमा पत्र समेत पठाएको गौतमले बताउनुभयो । यसैविच प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले नागरिकहरुको काम नरोकिने गरी तत्कालका लागि अर्को गाबिस सचिबलाई जिम्मेवारी दिएको र भोली हुने कार्यालय प्रमुखहरुको बैठकमा समेत छलफल गर्ने बताउनुभयो । उता राजपुरबासीहरुले गाबिस मै बसेर काम गर्ने सचिबको व्यवस्था गर्न माग गरेका छन् ।