द्धण्द्ध पिडितहरुलाई न्यय दिन भनी सत्य निरुपन तथा मेलमिलाप आयोगले तीन महिना सम्म उजुरी आह्वान गरेपनि उल्लेख्य रुपमा उजुरी दर्ता भएका छैनन् । दश वर्षे युद्धका बेला पीडित भएकाको संख्या दाङमा ४ हजार दुई सय ८६ भएपनि एक हजार ५ सय ३१ जनाले मात्रै न्यायका लागी उजुरी दर्ता गराएका छन् ।

Satya-Nirupanसत्यनिरुपण तथा मेलमिलाप आयोग तर्फ १ हजार ४ सय २ र वेपत्ता छानविन आयोग तर्फ १ सय २९ वटा उजुरी दर्ता भएको स्थानीय शान्ति समिति दाङले जानकारी दिएको छ। । वेपत्ता छानविन आयोगको असार ३१ गते र सत्य निरुपण तथा मेलमिलाप आयोगको साउन २ गते उजुरी लिने म्याद सकिएको हो ।

न्यायका लागि आयोगमा सबैभन्दा धेरै ३ सय ६६ वटा उजुरी मृतकको तर्फबाट दर्ता भएको भने यातनापिडित तर्फ तीन सय ९, कुटपिट तथा भिडन्तका क्रममा अंगभंग भएकाको समेत गरी दुई सय ८९ वटा उजुरी दर्ता भएको समितिले जनाएको छ ।

यसैगरी सम्पत्ती क्षेति, कब्जा तथा लुटपाटका एक सय ४१, विस्थापितका तर्फबाट एक सय २९, अपहरणका ५४, कैद हिरासत तथा नजरबन्दका ४८, द्धन्द्धका कारण जागिर छाडेका १७ र अन्य २४ गरि एक हजार ५ सय ३१ उजुरी दर्ता भएका हुन् ।

स्थानिय शान्ति समितीको तथ्याङ्क अनुसार मृतकको संख्या ६ सय १९ रहेको छ । जस्मा भने तीन सय ६६ जनाले माकत्रै उजुरी दिएका छन् । दाङका १ सय २९ जना बेपता पारिएका परिवारले सबैले उजुरी दर्ता गराएका छन् ।।