आर्थिक बर्ष २०७२ /०७३ मा ४ नयाँ बन समुह थपिए संगै दाङमा सामुदायिक वन उपभोक्ता समूहको संख्या ५१६ पुगेको छ । गत बर्ष जिल्ला बन कार्यालयमा राजपुर गाविस गौरियानाका चित्रकला हरियाली, काभ्रे गाविसको सल्लेरी, लमही नगरपालिका बनगाउँको नाराणेश्वरी र सतबरिया गाविसको सीमपानी सामुदायिक वन दर्ता भई समुहमा हस्तान्तरण भएको सहायक वन अधिकृत गोकुलप्रसाद चौधरीले जानकारी दिनुभयो ।
नयाँ थपिने सामुदायीक बन सबै प्राकृतिक बन हुन् । साहयक बन अधिकृत चौधरीका अनुसार दाङमा कुल १ लाख ९२ हजार १ सय ५५ हेक्टर वन क्षेत्र मध्ये ५४ प्रतिशतभन्दा बढी वन क्षेत्र सामुदायिक वन समूहका रुपमा हस्तान्तरण भएका छन् ।
गत आर्थिक बर्षमा दाङका ९० वटा सामुदायिक वन समूहहरुको कार्ययोजना परिमार्जन गरिएको छ । अझै पनि दाङका करिव २ सय सामुदायिक वन समूहको कार्ययोजना परिमार्जन गर्न बाँकी रहेको छ । गत आर्थिक बर्षमा कार्यालयले कार्ययोजना परिमार्जन गर्ने लक्ष्य अनुसार सतप्रतिशत वन समूहको कार्ययोजना नविकरण गरेको कार्यालयले जनाएको छ ।।