इन्द्रेणी संवाददाता
काठमाडौं, १८ भदौ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको कक्षा १२ को परीक्षा नतिजामा १ लाख ८८ हजार ४१० विद्यार्थी नन ग्रेडिङ्मा परेका छन् । यी विद्यार्थीहरुले दुई वा दुई भन्दा बढी विषयमा ३५ प्रतिशत अंक ल्याउन सकेनन् ।
बोर्डका अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेखिने छ ।
यसरी नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन पाउने छैनन् । तर दुई विषयमा नन ग्रेडिङमा परेकाले भने ग्रेडबृद्धिको परीक्षा दिन पाउने छन् । दुई भन्दा बढी विषयमा नन ग्रेडिङमा परेकाले भने अर्काे वर्ष पुरै विषयको परीक्षा दिनुपर्ने छ ।











