इन्द्रेणी संवाददाता
दाङ, १८ भदौ । नेपाली कांग्रेस दाङले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सांसदका लागि १४ जनाको नाम सिफारिस गरेको छ । जसअनुसार दाङ क्षेत्र नं. १ बाट पूर्व सांसदसमेत योगेन्द्र चौधरी, अनुराग खड्का, कृष्णकिशोर घिमिरे र प्रदीप थापाको नाम सिफारिस गरिएको छ ।

यसैगरी दाङ क्षेत्र नं. २ बाट पूर्व सांसद राजु खनाल, किरणकिशोर घिमिरे, जिल्लाका पुर्व सभापति घनश्याम रेग्मी र भरतबहादुर न्यौपानेलाई सिफारिस गरेको छ ।

त्यस्तै दाङ क्षेत्र नं. ३ पुर्व सांसद दीपक गिरी, कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, बिजुल विश्वकर्मा, मदन रसिब र राजेन्द्र धितालको नाम सिफारिस गरिएको काग्रेसका जिल्ला शभापति शंकर डाँगीले जानकारी दिएका छन् ।

यसैबीच दाङ क्षेत्र नं. १ बाट कृष्णकिशोर घिमिरे, क्षेत्र नम्बर २ बाट किरणकिशोर घिमिरे र क्षेत्र नम्बर २ को क बाट प्रदेश सभा सदस्यको लागि कमलकिशोर घिमिरेलाई सिफारिस गरेको छ । कृष्ण, किरण र कमल साक्कै तीन भाइ हुन । कृष्णकिशोर घिमिरे २०५६ मा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनी अहिले १४ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यसैगरी किरणकिशोर घिमिरे र कमल किशोर जिल्लाका लोक प्रिय नेताको रुपमा चिनिन्छन् ।