इन्द्रेणी संवाददाता
सल्यान २७, चैत्र
डढेलोले घर जल्दा गास, बास र कपास विहिन सल्यान धनवाङका पिडित परिवारलाइ राहात सामग्री वितरण गरिएको छ । आगलागी पिडीत धनवाङ ५ का सार्की भण्डारि, ठक बहादुर भण्डारि, लोक बहादुर भण्डारिको परिवारलाइ विभिन्न निकाय र व्यक्तिबाट उपलब्ध भएको राहात सामग्री वितरण गरिएको हो ।
नेपाल रेडक्रस सल्यानबाट प्राप्त, त्रिपाल, भाँडाकुडा लगाएतका सामान नेपाल रेडक्रसका कपुरकोट शाखा प्रमुख जित प्रसाद आचार्यले हस्तान्तरण गर्नुभएको छ । यस्तै आगलागीमा परि जलेर घाइते अवस्थामा रहेका पशुवस्तुको उपचारका लागी जिल्ला पशु सेवा कार्यालय सल्यानबाट प्राप्त आवश्यक औषधी पशु सेवा केन्द्र कपुरकोटका प्रमुख कमल कशुम आचार्यले हस्तान्तरण गर्नुभएको थियो ।

aagalagiयस्तै नेकपा एमाले धनवाङका निवर्तमान उपाध्यक्ष भुवनेश्वर गौतमले ३ थान ओढ्ने ओछ्याउने कपडा र गुन्द्री हस्तान्तरण गर्नुभयो । राहातका सामग्री लगेर प्रहरी चौकी कपुरकोटका इन्चार्ज झग बहादुर कुवर, रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष जिएम, समाजसेवि रुद्रविर कवर पनि पिडीतको घर सम्मै जानुभएको थियो ।
यस्तै शिक्षक तथा समाजसेवि मधुसुदन गिरिले एक क्विन्टल चामल, एमाले धनवाङका अध्यक्ष भुपाल बुढाले एक कार्टुन तेल, २० किलो आलु, १० किलो स्वयाबिन, १० किलो नुन र १० किलो दाल राहात स्वरुप हस्तान्तरण गर्नुभएको छ ।
यस्तै नेपालि काग्रेसको तर्फबाट धनवाङ गाउँ कार्यसमितीका सभापती मिन बहादुर सेनले ५० किलो चामल, ४ किलो दाल, ४ लिटर तेल, नुन, बेसार, चिनी लगाएतका दैनिक उपभोग्य सामान राहात स्वरुप हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै नेकपा एमाले धनवाङको ५ नम्बर वडा कमिटीले वडाबाट प्रतीघर रु ३ सय संकलन गर्ने र घरबास निर्माणका लागी एक एक दिन श्रमदान गर्ने निर्णय गरेको वडा कमिटी अध्यक्ष सुरेन्द्र ओलिले जनाउनुभयो । धनवाङ ४, ५ र ८ को दुइवटा सामुदायिक वनमा लागेको आगो वस्ती सम्म फैलिएर बुधवार राती दुइ घर र एक गोठ जल्दा १५ लाख ७४ हजार भन्दा बढि क्षती भएको थियो ।।