विमला चौधरी केहि बर्ष अगाडी कम्लरी भएर एक मालिकको घरमा काम गर्नुहुन्थ्यो । मालिकको घरमा काम गरिरहेको बेला एक गैरसरकारी सस्था एफ.एन.सी नेपाल (हालः नायफ नेपाल) ले उद्धार गरेकोथियो । उहि विमला अहिले मुक्त कम्लरीहरुको अगुवाइमा स्थापना भएको मुक्त कम्लरी विकास मञ्च सस्थाकी केन्द्रीय अध्यक्ष हुनुहुन्छ । उक्त सस्थाले लामो समय देखि दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुर पाँच जिल्लामा कम्लहरीहरुको क्षेत्रमा काम गर्दै आइरहेको छ । यसपटको इन्द्रेणी अनलाइमा मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष विमला चौधरीसंग कम्लरीहरुको विषयमा यस अनलाइनका कार्यकारी सम्पादक सन्तोष दहितसंग गरेको कुराकानी प्रस्तुत छ ।
कसरी दिन वितिरहेकाछन् ?
विहानै क्याम्पस जान्छु । दिउसोमा अफिस आएर मुक्त कमलरी बहिनीहरुको लागि सरोकारवाला संघसंस्थाहरु संग समन्वय तथा सहकार्य गर्ने, वकालत, पैरबी तथा मुक्त कम्लरी बहिनीहरु संग भेटघाटमा दिन वितिरहकाछन् ।
मुक्त भएका कम्लहरी बहिनीहरुको पछिल्लो अवस्था कस्तो बताइदिनुस न ?
मुक्त भएका कम्लहरी बहिनीहरुको अवस्था पहिला भन्दा राम्रो छ । मालिकको घरबाट मुक्त हुनभएको छ । अहिले मालिको घरबाट मुक्त भएपछि धैर मुक्त कम्लरीहरु विए पास गरि सरकारी तथा गैरसरकारी संघसस्थामा लाग्नुभएको छ । त्यस्तै कोही प्राविधक शिक्षा, टेक्नीकलमा अध्ययन गर्दै हुनुहुन्छ । पढ्न नसकेकाले सीपमुलक तालिम लिई आर्यआजन, व्यवसायमा लाग्नुभएको छ । आफ्नै सहकारी सस्था खोली सहकारी चलाइरहनुभएको छ ।
अहिले सम्म कति जना कम्लहरी उद्धार गर्नु भयो ? अब कति उद्धार गर्न बाँकी होलान ?
हालसम्म १२ हजार ७ सय १७ जना कम्हलरी बहिनीहरुलाई उद्धार गरिसक्यो । अझै करिब ३ सय ३५ जना बहिनीहरुलाई उद्धार गर्न सकिएको छैन ।
यी कम्लहरी बहिनीहरुलाई कहिले सम्म उद्धार गर्ने योजना बनाउनुभएको छ त ?
यी कमलरी बहिनीहरुलाई उद्धार गर्न नसकेका केहि कारणहरु छन् । कोहि कम्लहरी बहिनीहरुे जिल्ला बाहिर हुनुहुन्छ । जो अझै पनि मालिकको घरमा काम गरिरहनुभएको छ त्यहि बहिनीहरुको मालिकको घर ठेगाना पत्ता नलागको कारणलसे समस्या भइरहेको छ । ठेगना पत्ता नलागेका मालिकहरुको नाम, ठेगान पत्ता लगाउने काम भइरहेको छ । यो भयो भने एक दुइ महिना भित्रमा उद्धार गर्ने योजना छ ।
लगभग धेरैलाई उद्धार गसिक्नुभएको छ । यी उद्धार भएको यति धेरै वहिनीहरुलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
हो, करिब करिब हाम्रो तथ्यांकमा रहेका धेरै कम्लरी बहिनीहरुलाई उद्धार गरिसेका छौ । यी उद्धार भएका बहिनीहरुलाई काउन्सिलिङ गरि उहँहरुको इच्छा अनुसार पढन चाहनेलाई स्कूलमा, नपढने चाहनेलाई आयआर्जन, सीपमुलक तालिम दिइरहेका छौ । त्यस्तै एसएली, प्रमाणपत्र तह, स्नातकसम्म गरेकालाई मुक्त कम्लरी विकास मञ्चकै सस्थामा रोजगारी दिएकाछौ । केहिलाई टेक्नीकल लाईनमा लगाएकाछौ । अभिभावक विहिन भएकालाई होस्टेलमा बसाई उनिहरुको सम्पुर्ण शिक्षादिक्षाको व्यवस्था गरिदिएकाछौ ।
मुक्त भएका कम्लहरी बहिनीहरुको लाग सरकारले के गर्दे राम्रो हुनेथियो भन्ने आशा गर्नुभएको छ ?
जतिपनि मुक्त भएका कम्लरी वहिनीहरु हुनुहुन्छ । उहाँहरुको क्षमता र दक्षताको आधारमा राज्यले रोजगारीको व्यवस्था गर्नुपर्छ । पढन चाहने मुक्त कम्लहरीहरुको लागि राज्यले स्नातकतहसम्म निशुल्कको शिक्षाको व्यवस्था हुनुपर्छ । उमेर नाघिसेको मुक्त कम्लरीहरुको लागि सीपमुलक तथा आयआर्जनको तालिमको सीर्जना गर्नुप-यो । उद्धार नभएका वहिनिहरुलाई उद्धारको लागि राज्यले नै पहल गर्नुपर्छ । त्यसैगरि कम्लरी आन्दोलनको क्रमम मुक्त कम्लरीहरुको लागि संघर्ष समिति र नेपाल सरकारको विचमा भएको १० वुदें सहमति भएकोथियो । यो सहमति भएको करिब ३ वर्ष हुन लाग्यो अझै कार्यान्वयमा आएको छैन यसको छिटो भन्दा छिटो कार्यान्वयन गर्नुप-यो ।
अन्तम केहि भन्नु छ की ?
अझै पनि कम्लरी ओसारपसार गर्ने भन्ने खवर सुनिन्छ यदि यस्तो कहि कतै छ भने हामीलाई खबर गरिसहयोग गरिदिनुहोला । र, मुक्त कम्लरीहरुको केहि कुरा राख्ने अवसर दिएकोमा इन्द्रणी अनलाइन परिवारलाई धेरे धेरै धन्यवाद दिन चाहन्छु । साथै आउदै गरेको नया वर्ष २०७३ को सम्पुर्ण दाजुभाई तथा दिदीवहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।