इन्द्रेणी संवाददाता
घोराही , २७ चैत्र
उपप्रधान मन्त्री एंव परराष्ट्रमन्त्री कमल थापाले कसैलाइ जंगल जानु पनि नपर्ने र कसैलाइ धर्नामा वस्नु पनि नपनेृ वताउनुभएको छ । देशमा अत्याधिक जनताको समर्थन लिएर जारी गरिएको नयाँ संविधानले जनताका अधिकार स्थापित गरेको भन्दै उहाँले अव अधिकार शंसोधन गर्दै जा नसपिकने वताउनुभयो ।

press

संविधानमा जनताका सम्पुर्ण अधिकार समावेश गरिएको उल्लेख गर्दै आवश्यक परेको खण्डमा परिमार्जन गर्दै लान सकिने वताउनुभयो । रिपोटर्स क्लब नेपालले आज घोराहीमा गरेको साक्षात्कारमा बोल्दै थापाले कुनै पनि व्यवस्था परिवर्तनका गर्नका लागि अब फेरि पहिलाको जस्तै आन्दोलन नै गर्नु नपर्ने वताउनुभयो ।

‘जनताको विश्वास भए’ देशमा संविधानले नै चाहेको व्यवस्था स्थापित गर्ने व्यवस्था गरेको बताउदै उहाँले संविधानकै माध्यमबाट आफ्ना मान्यता स्थापित गराउन सकिने वताउनुभयो । उहाँले अब आफ्ना माग पूरा गराउनका लागि बन्दूक बोकेर जंगल पनि जानु नपर्ने र सिमामा बसेर नाकाबन्दी पनि गर्नुनपर्ने वताउनुभयो । उहाँले संविधानप्रति राप्रपा नेपालको समेत असन्तुष्टि रहेको र बहुमतको कदर गरेर राप्रपाले संविधान स्विकारेको पनि बताउनुभयो ।

संविधानमा कुनै पनि कुरा अपरिवर्तनीय नभएको दाबी गर्दै थापाले अब आफ्ना मान्यताहरु पनि राप्रपाले संविधानकै माध्यमबाट स्थापित गर्ने दाबी समेत गर्नुभयो । एक अर्काे प्रसङ्गमा थापाले अहिले नै सरकारको विकल्प खोज्ने बेला भइन सकेको बताउनुभयो । अझैं संविधान कार्यान्वयनका धेरै कामहरु बाँकी रहेको र सरकार गठनको ६ महिना मात्रै भएका हुँदा अहिले नै त्यस्तो कुरा चलाउनु सरकार र संविधानलाई कमजोर गराउने खेलमात्रै भएको उल्लेख गर्नुभयो ।।