इन्द्रेणी संवाददाता
दाङ, २७ चैत्र
दाङ तुलसीपुर क्षेत्रका १० जना बालश्रमिकहरुलाई परिवारमा पुनःस्थापना गरिएको छ । तुलसीपुर नगरपालिका र नवजागरण महिला तथा वाल संरक्षण केन्द्र न्यु सिपिसी तुलसीपुरले एक कार्यक्रमका विच विभिन्न क्षेत्रमा श्रम गरिरहेका वालश्रमिकलाई परिवारमा पुनःस्थापना गरेको हो ।

bal

सर्वेक्षणबाट भेटिएका ५३ जना वालश्रमिक मध्य १४ बर्ष मुनिका दश जना वाल श्रमिकलाई शैक्षिक सामग्री सहित अभिभावकको जिम्मा लगाइएको हो । तुलसीपुर क्षेत्रका होटल, ग्रिल उद्योग, रिक्सा, यातायात, गहना पसलमा श्रम गर्दै आएका उनीहरुलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको न्यु सिपिसीका अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभयो ।

उद्धार गरिएका मध्य दाङ र सल्यानका ५÷५ जना रहेका छन् । तुलसीपुर नगरपालिकालाई सन् २०१७ सम्म बालमैत्री घोषणा गर्ने लक्षलाई पूरा गर्नका लागि पहिलो चरणमा दश जना वालश्रमिकको उद्धार गरि परिवारको जिम्मा लगाएको तुलसीपुर नगरपालिकाले जनाएको छ ।।