इन्द्रेणी संवाददाता
दाङ, २७ चैत्र
दाङमा श्रीमानको कुटाइवाट एक महिला गम्भिर घाइते हुनुभएको छ । त्रिपुर गरपालिका ७ हापुर का गोभर्दन वलीको खुकुरी प्रहारवाट श्रीमति ४० वर्षिया पुर्णा वली गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

mahila

खुकुरी प्रहारवाट घाइते भएकी पुर्णाको घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचारपछि अहिले नेपालगन्जमा उपचार भइरहेको दाङका निमित्त प्रहरी प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो ।

खुकुरी प्रहार गर्ने गोभर्दन वली फरार रहेकाले खोजीकार्य तिव्र पारिएको उहाँले वताउनुभयो । घरायसी मामिलामा कुरा नमिल्दा घटना भएको प्रहरीको भनाई छ ।।