इन्द्रेणी संवाददाता
दाङ, २७ चैत ।
दाङमा बलात्कारको अभियोगमा ३ जना पक्राउ परेका छन । लमही नगरपालिका ३ वराहक्षेत्र सामुदायिक वनको जंगलमा एक १७ बर्षिया किशोरीलाई समुहिक वलात्कार गरेको अभियोगमा देउखुरी सिसहनिया–७ लठ्ठहवा निवासी १९ बर्षिय गोविन्द भण्डारी, सोही ठाउँका २१ बर्षिय वृहस्पती पोख्रेल र प्यूठान तुसारा–७ का ३६ बर्षिय कृष्ण भण्डारीलाई पक्राउ गरिएको दाङका निमित्त प्रहरी प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो ।

rape

घटनालगत्तै तिनै जनालाइ वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी वढाइएको निमित्त प्रहरी प्रमुख शर्माले वताउनुभयो । सुन्डवरीवाट–सितलापुर जाँदै गरेकी ति किशोरीहिजो जंगलमा वलात्कृत भएको प्रहरीले जनाकारी दिउको छ । पक्राउ परेका ३ व्क्तिहरुलाई जवरजस्तीकरणी सम्वन्धी मुद्धा दर्ता गरेर कारवाही अघि वढाइएको छ ।

यसैविच, केही दिन पहिले पनि देउखुरीमा एक वालिका वलात्कार गरेको ठहर गर्दै अदालतले एक जनालाई ८ र अर्का एक जनालाई ४ बर्षको कैद सजायको फैसला गरेको छ । दाङ देउखुरी जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सतवरिया ८ तेलियाका १८ वर्षीय नेत्रबहादुर कुमाललाई आठ वर्ष र लमही ननगरपालिका १० देउपुरका २३ वर्षीय भुपाल घर्ती मगरलाई चार वर्षको कैद सजायको फैसला गरेको हो ।।