इन्द्रेणी संवाददाता
काठमाडौं, १९ साउन । पछिल्लो चरणमा नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । साउन १ गतेदेखि १८ दिनको अवधिमा १६ जना संक्रमितको ज्यान गएको छ । जसमा दुई जना कोरोनाविरुद्धको खोप लगाएका समेत रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएकामध्ये १२ जना एक डोज पनि खोप नलगाएका, दुईजना दोस्रो डोज लगाएका र दुईजना बुस्टर डोजसमेत लगाएका छन् । उनीहरू सबैजसो दीर्घरोगी र ५० वर्ष नाघेका हुन् ।
साउन १८ गते अर्थात बुधबारसम्म ५,२७५ सक्रिय संक्रमितको संख्या पुगेको छ । जसमा १५८ अस्पताल भर्ना, ४३ आइसियू र दुईजना भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयले कोरोना संक्रमण दर बढ्दै गएकाले सचेत हुन आग्रह गरेको छ ।











