देउखुरी, ३ साउन ।
लमही नगरपालीकामा प्रतिनिधित्व गर्ने राजनैनितक दलका प्रतिनिधि र कार्याकारी अधिकृत विच दोहोरी सुरु भएको छ । राजनैतिक दलका प्रतिनिधिहरुले कार्यकारी अधिकृत ललीत कुमार थापा एकलौटी रुपमा अघि वढ्न खोजेको, प्रकृया मिचेर कर्मचारी भर्ना गरेको जस्ता आरोपहरु लगाउदै सार्वजनिक गरेपछी अधिकृत र दलका प्रतिनिधिहरुका विचमा दोहोरी चलेको हो ।
अधिकृत थापाले पनि दलहरुले जारी गरेको विज्ञप्तीको खण्डन गर्दै आफ्नो वचाउ गर्दै आउनु भएको छ । अधिकृत थापाले राजनैतिक दलहरुका प्रतिनिधिकै निर्णयको आधारमा कर्मचारी भर्ना गरेको वताउदै आउनु भएको छ । नगरपालीकाका कार्यकारी अधिकृतले प्रकृया विपरीत काम गरेको भन्दै राजनैतिक दलहरुले प्रमुख जिल्ला अधिकारीलाई वुझाएको ज्ञापन पत्र वोदार्थ अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा पनि पठाएका छन् ।
आज पुनः लमही नगरपालीकाका कार्यकारी अधिकृत ललीत कुमार थापाले आफु माथी लागेका आरोपहरुको खण्डन गर्नु भएको छ । नगरपालीकामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रतिनिधिहरुले कार्यकारी अधिकृत माथी विभिन्न आरोप लगाउदै दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएका थिए । सोमवार पत्रकार सम्मेलन गरेर कार्यकारी अधिकृत थापाले नगरपालीकामा सम्पादन गरिएका सवै कामहरु नियम संगत रुपमा गरिएको वताउनु भएको छ ।
सवारी साधन सार्वजनिक खरिद ऐन अनुसार टेण्डर मार्फत खरिद गरिएको, पदपुर्ती समितिका अध्यक्ष संगको समन्वयको आधारमा काम गरेको, कार्यालय भवन ई विडिङ्ग मार्फत सार्वजनिक खरिद अनुगमन कार्यालयमा टेण्डर गरेको, परामर्शदाता आर्थिक नियम कानुन अनुसार राखेको, कार्यालय सममा मापदक पदार्थ सेवन नगरेको गरेको भए प्रमाण दिनुपर्ने उल्लेख गर्नु भएको छ ।
यसैगरी फोहर मैला ब्यवस्थापन समिति निर्देशीका अनुसार गठन भएको, नगरपरिषदले गरेको निर्णय अनुसारनै नगरपालीकाले रकम लिएर नक्सा पास गर्ने गरेको, नगरपालीकाको आम्दानी खर्च जुनसुकै वेला हेर्न सक्ने अधिकार नगरवासीमा रहेको, योजनाको रकम भुक्तानी प्रकृयागत रुपमा गरेको, नगरपालीका भित्र रहेको ईपील जातको रुख भवन वनाउदा काटीएको र विज्ञप्ती जारी गर्ने ब्यक्तिहरुकै दस्तखत वाट उक्त काठ विक्रि गर्ने निर्णय भएको अधिकृत थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।।