सिसहनियाँ ३ साउन ।
अपांगता भएका विद्यार्थीहरुलाई आज सिसहनियाँमा एक कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ । अपांग समन्वय समिति सिसहनियाँको आयोजना एवम सिसहनियाँ गाविसको आर्थिक सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो । 111

समिति कि अध्यक्ष सुशीला सुवेदीको अध्यक्षता एवं गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८ वटा सामुदायीक विद्यालयका ८ जना अति गरीव तथा विपन्न अपांगता भएका विद्यार्थीहरुलाई ५ हजार रुपैया वरावरको कापी, कलम वितरण गरिएको हो ।