गोविन्द खड्का
घोराही, ३ साउन । बर्षातका कारण तत्कालै हुने सक्ने दैविय विपद बिरुद्ध तयारी रहन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समुहले आग्रह गरेको छ । संयोजक एवं जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख जगन्नाथ पुर्वेको अध्यक्षतामा सोमवार घोराहीमा बसेको बेठकले उद्धार सामाग्रीलाई तयारी हालतमा राख्न आग्रह गरेको हो । बैठकले सबै क्षेत्र बाट केन्द्रित गरी एकद्धार प्रणालि मार्फत परिचालन गर्ने निर्णय गरेको हो ।

नेतृत्व गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आफु संग भएको विवरण सार्वजनिक गरेको छ । जिल्ला सरसफाइ फोकल पर्सन एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जीनियर तिलक न्यौपानेले थरी थरीका खानेपानी पाईप, स्यालो ट्युवेल, पानी टंकि, शौचालय, ब्लीचिङ पाउडर, प्यूस र मोटर रहेको जानकारी दिनुभयो । यसैगरी नेपाल रेडक्रस सोसाईटिले सावुन, बकेट रहेको जानकारी दिएको थियो । भने सामुदायीक बन उपभोक्ता महासंघ, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, बेस, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, सिसा नेपाल र जिल्ला प्राविधिक कार्यालयले तयारी अबस्थामा रहने प्रतिवद्धता जनाएका छन् ।
साथै जनहितमा जारी सुचनाहरु बजाईदिन सञ्चार माध्यमलाई आग्रह गरेको छ । सहयोगी एवं उद्धार कार्यमा लागेकालाई महत्व दिन पनि आग्रह गरेको छ । सो बैठकमा नेपाल रेडक्रस सोसाईटिका जिल्ला कार्यक्रम संयोजक विश्राम अधिकारी, वन उपभोक्ता महासंघका सचिव हेमराज शर्मा, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका कार्यक्रम अधिकृत सिता पाण्डेय, बेसका रुपलाल चौधरी, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका भोला अधिकारी र जिल्ला प्राविधिक कार्यालयका राम प्रसाद पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।
