दाङ, २८ पुस । पैसेरु नाँच संरक्षणको काम सुरु भएको छ । साबिक राप्तीका रोल्पा, रुकुम, सल्यानसहितका अन्य जिल्लामा नाचिँने यो नाँच संरक्षण गर्न सुरु गरिएको हो ।

मगर समुदायमा प्रचलित पैसेरु नाँच दाङमा बस्दै आएका थारु, मुस्लिम र मधेसी समुदायलाई यो नाँच सिकाउँन थालिएको हो । यो कामको थालनी घोराही उपमहानगरपालिका वडा नं.१४ ले सुरु गरेको हो ।

रोल्पाबाट यो नाँचका अगुवा वोलाई मगरभाषा साहित्य संस्कृति प्रतिष्ठानले घोराहीको झिगौरामा तालिम प्रदान गरी नाँच सिकाउँन थालेको । थारु,मगर,मुस्लिम,मधेसी गरी दश÷दश जनाको महिला पुरुष दुवैको छुट्टाछुट्टै समुह बनाई दैनिक नाँच्नेकाम भइरहेको छ । एक सातासम्म संचालन हुने तालिमको घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीले उद्घाटन गरे ।