दाङ, २७ पुस। घोराही उपमहानगर–१७ ले जिल्लामै पहिलो पटक द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ ।

जनआन्दोलनका घाइते, सहिद र बेपत्ता परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा व्यवस्था गरिएको घोराही उपमहानगर प्रमुख नरुलाल चौधरीले बताए । वडा–१७ का वडाध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।

चालू आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि अगाडि बढाइएको उनको भनाइ छ ।