दाङ, २७ पुस । दाङमा कपडा गोदाममा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।लमही नगरपालिका ५ मा रहेको सतिश गुप्ताको कपडा गोदाममा आगलागी भएको हो ।

आगलागीबाट कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठा जलेर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगो लमही नगरपालिकाको दमकल र सुरक्षाकर्मीले निभाएका थिए । विद्युतको तार सर्ट भएर आगलागी भएको बताइएको छ ।