काठमाडौं, ६ पुस। नेकपा माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् ।
काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई पराजित गर्दै सरल अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याए भने गौतमले ८६ मत पाए ।
त्यसैगरी उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित भएका छन् ।
त्यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा संगीता भट्टराई विजयी भएकी छन् । अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि सोमबार राति मतदान भएको थियो ।











