इन्द्रेणी संवादाता
दाङ, ६ पुस । दाङ प्रहरीले दुई जनालाई लागुऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा बाँके नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने चन्द्रा राना र भारत बहराइच मन्सुरगंज निकट जामे मस्जित बस्ने समिर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई गोप्पे सूचनाका आधारमा लमहीस्थित पूर्व–पश्चिम राजमार्गबाट पुन ५ गते १५० ग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो । उनीहरुलाई आज प्रहरीले सार्वजनिक समेत गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जनाएका छन् ।