इन्द्रेणी संवाददाता
रोल्पा, २ मंसिर । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे माडी खोलामा दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो ।
दुर्घटनामा परी अन्य ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा तीन जना पुरुष र एक महिला गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा मृत्यु हुनेको सनाखत भएको छैन भने यो समाचार तयार पार्दासम्म घटनाको बाँकी विवरण आउन समेत बाँकी छ । घाइते ११ जनाको सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको छ ।











