काठमाडौँ, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको २९८ धारामा भएको सरकार गठनको सङ्क्रमणकालीन व्यवस्थाका बारेमा केन्द्रित रहेर कानुन व्यवसायीहरूसँग हिजो छलफल गर्नुभएको छ । सरकारी निवास बालुवाटारमा हिजो साँझ गर्नुभएको छलफलमा कानुन व्यवसायीहरूले संविधान संशोधन गरेर अगाडि बढ्न सुझाव दिनुभएको छ ।

KP-Sharma-Oli-Nepal-Prime-Ministerसंविधानको २९८ धाराले सङ्क्रमणकालीन अवस्थामा दुई पटक सरकार गठन गर्ने व्यवस्था गरेको छैन, त्यसलाई संशोधन गरेर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिइएको बैठकमा सहभागी कानुन व्यवसायीहरूले बताउनुभयो । बैठकमा सहभागी कानुनका विज्ञहरूले मूलतः तीनवटा सुझाव प्रधानमन्त्री ओलीलाई दिनुभएको छ । कानुनविद् टीकाराम भट्टराईका अनुसार बैठकमा प्रधानमन्त्रीलाई धारा २९८ संशोधन गरेर सङ्क्रमणकालीन व्यवस्थालाई अर्को निर्वाचन पुनः गर्नसक्ने व्यवस्था थप गर्नुपर्ने, बाधा अड्काउ फुकाउ गरेर जाने या संसद्ले सर्वसम्मत प्रस्ताव पारित गरेर अगाडि बढ्ने विकल्प दिइएको छ ।

त्यस्तै कानुनका विज्ञ रमेश बडालका अनुसार सबैभन्दा उत्तम विकल्प नै संविधान संशोधन गरेर अगाडि बढ्ने हो । प्रधानमन्त्रीलाई त्यही धारालाई संशोधन गरेर अगाडि बढ्न सुझाव दिइएको उहाँले जानकारी दिनुभयो । सरकारले संवैधानिक बाटो समाउने काठमाडौँ, साउन ३ गते । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएकाले आर्थिक विधेयक पारित नभए मुलुक समस्यामा पर्ने बताउनुभएको छ ।

साथै, उहाँले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस भएकाले अहिले नै यो सरकारलाई अल्पमतमा प¥यो भन्दै राजिनामा माग्नु असंवैधानिक हुने बताउनुभयो । उहाँले आर्थिक विधेयक पारित नभएर सरकारमात्रै नभई मुलुक नै असफल हुनेसमेत बताउनुभयो । रिपोर्टर्स क्लबले हिजो आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पाण्डेले प्रधानमन्त्रीले संसद् विघटन गर्ने हल्ला निराधार भएको बताउनुभयो ।