पश्चिम दाङमा हुने अपराधिक क्रियाकलामा न्युनिकरण हुन सकेको छैन् । दाङकै बढि अपराधिक क्रियाकलाप हुने जिल्लाको रुपमा चिनिएको पश्चिम दाङमा अपराधिक न्युनिकरण गर्न चनौति बन्दै गएको छ ।

यस क्षेत्रमा दैनिक २० भन्दा बढि अराधिक घटना हुने गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरको तथ्याङ्कले देखाएको छ । दाङको पश्चिम क्षेत्रमा अपराधिक घटनामा बृद्धि हुदै गएका छन् । आर्थीक बर्ष २०६९/ ७० देखी आर्थीक बर्ष २०७२/७३ मा प्रहरीमा आएको उजुरीका घटनामा क्रमश बृद्धी भएको छ ।

19_04_2016-crime1एक बर्षमा भएका कामहरुको जानकारी दिन आज ईलाका प्रहरी कार्यालय तुलसीपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बर्षेनी बिभिन्न ३२ शिर्षकका मुद्धाहरुमा उजुरी बढेको जानकारी गराईएको थियो ।

बितेको आर्थीक बर्ष २०७२/७३ मा कार्यालयमा २ सय १३ वटा मुद्धा दर्ता भएको र १ सय ५ वटा फर्छयौट भएको छ भने १ सय ८ वटा मुद्धा फर्छयौट चरण मै रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले जानकारी दिनुभयो ।
चार बर्षमा भएका अपराधिक घटनाको अभिलेख र न्याय सम्पादनमा बिषयमा जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उहाँले आर्थीक बर्ष २०६९/७० मा १ सय ७८ वटा मुद्धा दर्ता भएकोमा १ सय ७७ फच्र्यौट र एउटा फच्र्यौट हुन नसकेको जानकारी दिनुभयो ।

त्यसैगरी आर्थीक बर्ष २०७०/ ७१ मा १ सय ९४ वटा मुद्धा दर्ता भएकोमा सबै फच्र्यौट भएको कार्यालयले जनाएको छ । भने आर्थीक बर्ष २०७१र७२ मा १ सय ९८ वटा मुद्धा दर्ता भएकोमा १ सय ३ को फच्र्यौट र ९५ वटा बाँकी रहेका थिए । वितेको एक बर्षमा तुलसीपुर क्षेत्रमा सार्वजनिक अपराध अन्तरगतका ३८ वटा मुद्धा दर्ता भएको छ ।

डिएसपी प्रसाईका अनुसार दोस्रोमा झुण्डिएर ३२ जना मरेको मुद्धा, २४ वटा भबितव्य र १९ वटा मुद्धा सवारी चालकको रहेका छन् । यस्तै एक बर्षको बिचमा अपराधमा संलग्न भई फरार रहेका ९ जना अभियुक्त र ४ जना दोषी ठहर भएकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै विभिन्न समयमा चोरी भएका ३६ थान मोबाईल र विभिन्न प्रकारका गहना पनि बरामद गर्न सफल भएको प्रसाँईले जानकारी दिनुभयो ।
त्यस्तै ९८ जना चालकलाई कार्वाही, ५१ वटा अबैध ढुंगाजन्य बस्तु निकासी गर्ने गाडिहरु पक्राउ, लागुऔषध सहित व्यक्ति पक्राउ, पेस्तोल बरामद जस्ता कार्य भएको उहाँले बताउनुभयो ।

कार्यालयमा घरेलु हिंसाबाट पिडित महिलाहरुको संख्या बढी रहेको र पुरुष तर्फ भने बैदेशिक रोजगारीबाट आउदा परिवारबाट सम्पत्ती हिनामिना गरेको मुद्धाहरु आउने गरेको प्रसाँईले बताउनुभयो । सरदर दैनिक १५ देखी २० वटा मुद्धाहरु प्रहरीमा आउने गरेको छ । इलाका प्रहरी कार्यालयले तुलसीपुर नगरपालिका सहित एक दर्जन बढी गाविसमा शान्ति सुरक्षा सँगै न्याय दिने जिम्मेवारी रहेको छ ।।