सरकारले उच्च शिक्षामा दूरदराजका विद्यार्थीको पहुँच बढाउन खुला विश्वविद्यालय स्थापनाको योजना अघि सारेको छ । यससम्बन्धी ऐन राष्ट्रपतिबाट पारित भइसकेको अवस्थामा खुला विश्वविद्यालय व्यवस्थित गर्न भने ठूलै चुनौती छ ।
हाल रहेका विश्वविद्यालय नै व्यवस्थित गर्न नसकिरहेका बेला खुला विश्वविद्यालय ल्याउँदा प्रमाणपत्र बाँड्ने कारखाना मात्र हुन सक्ने जोखिम विज्ञले औैंल्याएका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि तालाबन्दी छ ।।