दाङमा ट्राफिक व्यवस्थापनलाई तीव्र बनाएको जिल्ल ट्राफिक प्रहरी कार्यालय दाङले स्कूल बसमाथी निगरानी बढाएको छ । जिल्लामा सञ्चालन भएका निजी विद्यालयहरुका बसहरुले ट्राफिक नियमको पालना नगरेको गुनसो आउन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो ।

f675e9c7cce8f7061dd50278273e97c0
फाइल तस्वीर

जसलाई आजदेखी तिब्रताका साथ अगाडी बढाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी प्रहरी निरिक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो । स्कूल बसहरुले क्षमताभन्दा धेरै विद्यार्थी बोक्ने गरेको पाईएकाले बालबालिकाहरुलाई असहज हुने गुनासो आएकाले आफूहरुले निगरानी बढाएको उहाँको भनाई छ ।

अभिभावकहरुले विद्यालयमा यातायात शुल्क बुझाउने गरेको भएपनि विद्यालयहरुले कलीला विद्यार्थीहरुलाई असहज हुने गरि यात्रा गराउने गरेकाले पनि त्यसको समाधाकालागी स्कूल बस चेकीङलाई तीव्रताका साथ लगीएको उहाँले बताउनुभयो । आज घोराही क्षेत्रका स्कूल बसहरुमा चेकीङ गरिएको छ ।

विद्यालयका बसहरुमा आज चेकीङ गरिएकोमा धेरै बसहरुले क्षमताभन्दा धेरै यात्रु बोकेको पाएकाले सम्झाउने गरिएको र केही स्कुल बस र चालकको कागजपत्र नियन्त्रणमा लिएको पनि प्रमुख सिंहले जानकारी दिनुभयो । आजदेखी सुरु गरिएको भएपनि यसलाई जिल्लाभर निरन्तरता दिने पनि सिंहले बताउनुभयो ।।