ऐनमा भएको संशोधनका कारण मुलुकभरका सामुदायिक विद्यालयहरूले अब नयाँ व्यवस्थापन समिति गठन गर्नुपर्ने भएको छ । शिक्षा ऐन आठौं संशोधन प्रमाणीकरण भएसँगै यसअघिको व्यवस्थापन समिति स्वतस् निष्क्रिय भएको हो ।
ऐन जारी हुनुअघि गठन भएका सबै समिति विघटन भइसकेको शिक्षा विभागले जनाएको छ । यो व्यवस्थाले मुलुकभरको ३५ हजार विद्यालयमा नयाँ प्रावधानअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने हुन्छ ।
ऐनमा व्यवस्था भएको प्रावधान कार्यान्वयन गर्न विभागले मन्त्रालयसँग निर्णयका लागि फाइल अघि बढाइसकेको छ । मन्त्रालयले निर्णय गरेलगत्त नयाँ व्यवस्थापन समितिको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ ।
नयाँ व्यवस्थाअनुसार अभिभावकको परिभाषासमेत बदलिएको छ । यसअघि अभिभावक भन्नाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अभिभावकलाई मात्रै जनाउँथ्यो । यसमा आमा, बुबा, बाजेबज्यैलाई मात्रै समेट्थ्यो । नयाँ व्यवस्थाअनुसार विद्यार्थीको बाबु, आमा, बाजे वा बज्यै र यस्ता अभिभावक नभएका विद्यार्थीको हकमा संरक्षकत्व प्रदान गर्ने व्यक्तिलाई समेत जनाउने प्रावधान थप गरेको छ ।।