सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्ति खोजबिनका लागि गठित आयोगमा रोल्पाबाट १ सय १६ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता भएका घटनामा उजुरी गत बैशाखबाट स्थानीय शान्ति समिति मार्फत दिने व्यवस्था रहेको थियो । गत जेठ मसान्तमा उजुरी दिने म्याद सकिने भनिएको भएतापनि आयोगले असार मसान्तसम्म म्याद थप गरेको थियो ।
उजुरी दिने म्याद असार ३१ गते सकिएको छ । नियमावलीको व्यवस्था अनुसार आयोगको केन्द्रीय कार्यालयमा भने साउन २६ गतेसम्म उजुरी दिनसक्ने आयोगले बताएको छ ।।