नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सहितका केहि नेताले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । सरकार गठन जस्तो महत्वपूर्ण विषयमा निर्णय लिन केन्द्रीय समिति बैठकको आवश्यकता भएको पौडेल पक्षिय नेताहरुले बताएका छन् ।
ने
ता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. रामशरण महत सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित निवासमा पुग्नुभएको थियो । नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेरमात्र पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति देउवाको ध्यानाकर्षण समेत गराएका छन् ।
देउवासँगको भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको र सभापतिले यही दुई तीन दिन भित्रमा केन्द्रीय समिति बैठक बोलाउने बताएको नेता पौडेलले जानकारी दिनुभयो ।