नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेको राष्ट्रवादमा नेपालकै मधेशी, आदिवासी, जनजाति, पिछडिएका वर्गहरु नअटाएको आरोप लगाउनु भएको छ । एमालेले आफ्नो पार्टीसँग गरेका १४ बुँदे, ९ बुँदे र ३ बुँदे भद्र सहमति कार्यान्वयन नगरेको गुनासो पुनले गर्नु भयो ।

arjun-narshingha-kcप्रधानमन्त्रीको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव पेश भैसकेकाले सडकमा युवाहरु उतारेर तमाशा देखाउनु हाँस्यास्पद भएको टिप्पणी उहाँले गर्नु भयो । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पनि काँग्रेस–नेकपा माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनलाई एमालेले देशी विदेशी शक्तिको ईशारामा बनेको भनेर निराधार आरोप लगाएको बताउनु भयो । नेता केसीले प्रचण्डको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउने काँग्रेसले विश्वास लिएरै नै माओवादी केन्द्रसँग सहमति गरेको दाबी गर्नुभयो ।