सद्भावनाका सह – अध्यक्ष लक्ष्मणलाल कर्णले ओली सरकारको बहिर्गमन पश्चात नयाँ सरकार गठनमा कुनै संवैधानिक जटिलता नरहेको बताउनु भएको छ । ओली सरकारले मधेशका मागलाई टुक्कामा सिमित पार्दै कुनै संवोधन नगरेकाले माओवादी केन्द्र र कांगे्रसको सरकारले आफ्ना माग संवोधन गर्ने प्रतिबद्धता जनाएकाले समर्थन गरेता पनि आफ्नो दल सरकारमा भने नजाने कर्णको भनाइ छ ।

Laxman-Lal-Karnरफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षात्कारमा कर्णले दक्षिणको छिमेकीको भरमा मधेश आन्दोलन भएको आरोप लगाउनेहरु गलत भएको भन्दै यस्तै गलत आरोपका कारण भारतसँगको सम्बन्ध चिसिएको दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रीय सदस्य एवम् सांसद मिन बिश्वकर्माले वर्तमान सरकारको बहिर्गमन पश्चात नयाँ सरकारको निर्माणमा संवैधानिक जटिलता रहेको कुरा हल्ला मात्र भएको बताउनु भयो । केही समय सरकार लम्ब्याउने खेलमा लाग्नु भन्दा पनि अविश्वासको प्रस्तावसँगै ओलीले राजीनामा दिए ओली र उनको पार्टी लगायत सबैको हित हुने धारणा राख्नुभयो ।