इन्द्रेणी संवाददाता
हेटौँडा, २४ कार्तिक । हेटौँडा उपमहानगरपालिका –११ नवलपुरमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति साढे १२ बजे जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको हो भने बसमा यात्रा गर्ने १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा दुई पुरुष रहेका छन् । घाइते भएका १५ जनाको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।











