इन्द्रेणी संवाददाता
मोरङ, ५ कार्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।

सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन आउदो आइतवार हुने बताए । मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेस गरेलगत्तै प्रदेश सभा बैठक स्थगित भएको छ ।