दाङ, ५ कार्तिक । केही दिनदेखि परेको वर्षातका कारण लुम्बिनी प्रदेशका १२ जिल्लामा ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा काटेर राखेको धानवालीमा क्षति पुगेको छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार सबैभन्दा धेरै बर्दियामा १० हजार हेक्टर क्षेत्रफलमा लगाएको धानवालीमा क्षति पुगेको छ ।
त्यसैगरी कपिलवस्तुमा काटेर खेतमै राखिएको ८ हजार ८ हेक्टर, दाङमा ८ हजार हेक्टर जमिनको धानमा क्षति पुगेको छ ।
त्यस्तै बाँकेमा ७ हजार ५०० हेक्टर, रूपन्देहीमा ३ हजार ४ सय ६८ हेक्टर, प्यूठानमा ३ हजार ७ हेक्टर, नवलपरासी पश्चिममा ४१० हेक्टर, रूकुम पूर्वमा ४१२ हेक्टर, गुल्मीमा ८ हेक्टर, पाल्पामा २७० हेक्टर, राल्पामा २५ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क संकलन भएको दिर्नेशनालयले बताएको छ ।
लुम्बिनी प्रदेशमा भर कुल खेती भएको ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमध्ये ५५ हजार ५४ हेक्टर क्षेत्रफको धान भने किसानले भित्र्याएका छन् । ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान काट्न बाँकी छ । वर्षातले सबै जिल्लामा किसानहरुले काटेर भित्र्याउने तयारीमा रहेको धानवालीमा क्षति पु¥याएको हो ।











