इन्द्रेणी संवाददाता
पोखरा, २५ असोज । कास्कीमा जीप दुर्घटना हुँदा चालकसहित आठ जनाको ज्यान गएको छ । कास्कीको घान्द्रुकमा ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको हो।

फाइल फोटो

दिउँुसो करिव २ बजे भएको दुर्घटनामा मृत्यु भएकाहरुको अझै सनाखत हुन सकेको छैन । कास्की प्रहरी प्रवक्ता प्रहरी डिएसपी सुवास हमालका अनुसार मृतकको सनाखत गर्ने तयारी गरेको छ ।

घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको थियो । जीपमा सवार नौ जनामध्ये एक जना भने भीरमा अड्किएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।