रोल्पा, २५ असोज । रोल्पाका द्वन्द्वपीडितहरूलाई परिचयपत्र वितरण शुरू गरिएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोगले रोल्पाको लिबाङमा एक कार्यक्रमको आयोजना गरी पीडितहरूलाई परिचयपत्र वितरण गरेको हो ।

आयोगकी सदस्य विष्णु पोख्रेलको उपस्थितिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले परिचयपत्र वितरण गरेका थिए । हालसम्म निरूपण भएका १४ ओटा उजुरीमध्ये ७ जनालाई परिचयपत्र वितरण गरिएको छ ।

परिचयपत्र वितरण गर्दै आयोगकी सदस्य पोख्रेलले कतिपय ऐन संशोधन हुन नसक्दा आयोगले अपेक्षित रूपमा काम गर्न नसकेको र हालको ऐनबाट आयोगले ७० प्रतिशत मात्र काम गर्ने सक्ने अवस्था भएकाले बताइन् । सत्य निरूपण तथा मेलमिलाप आयोगमा रोल्पाबाट मात्रै ३ हजार ३८ उजुरी परेका छन् ।