इन्द्रेणी संवाददाता

रुकुम, २५ असोज । रुकुम पूर्वस्थित पुथाउत्तरगंगा गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन भएको छ । आज बिहान मैकोटस्थित घरमै ५४ वर्ष उमेरमा वडाध्यक्ष गुरुङको निधन भएको हो ।

३ वर्षदेखि कलेजो सम्बन्धि रोगले ग्रस्त भएपछि २ वर्षदेखि नै उपचाररत थिए । मृतक गुरुङका श्रीमती, २ छोरा र १ छोरी छन् ।

जनयुद्ध कालमा जनमुक्ति सेनाको विग्रेड सह–कमाण्डरसम्म भएका वडाध्यक्ष गुरुङ २०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।