काठमाडौं, २२ असोज। बेलायतले नेपाललाई रेड लिस्टबाट हटाएको छ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ ।
बेलायतले रातो सूचीबाट हटाएपछि नेपालले खुसी व्यक्त गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । बिहीबार नेपालसहित ४७ वटा देश रातो सूचीबाट हटेका छन् ।