इन्द्रेणी संवाददाता
दाङ, २ साउन
सिटिजन्स बैंकले प्रिमियर फिनान्स कम्पनी लाई प्राप्ति गरेको छ । नेपाल राष्ट्र बैंकको गत असार २० गते र कम्पनी रजिष्ट्रारको कार्यालयको गत असार २४ गतेको स्वीकृतिको अधिनमा रही आजदेखि सिटिजन्स बैंकले प्रिमियर फिनान्स कम्पनी लाई प्राप्ति गरि एकीकृत कारोवार शुरु गरेको हो । Picture

वैकका प्रवक्ता तथा नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलका अनुसार यस अघि बैंकले नेपाल हाउजिंग एंड मर्चेन्ट फाइनान्स र पिपुल्स फाइनान्स लाई प्राप्ति गरेको थियो । यस प्राप्ति पश्चात बैंकको चुक्ता पूंजी ३.५६ करोडले बृद्घि भई ३ अर्ब १० करोड रुपैया पुगेको छ भने बैंकको कूल निक्षेप ४८ खर्व ८ करोड र कर्जा रु ४१ अर्व ८ करोड रुपैयाँ पुगेको छ ।

उक्त संस्था प्राप्ति भए पश्चात बैंकको २ शाखाहरु थप भई उपत्यका भित्र २४ शाखा र उपत्यका वाहिर ३४ शाखा गरी मुलुकभर कुल ५८ शाखाहरु र ९३ वटा शाखा रहित बैंकिंङ्ग सञ्जाल बाट सेवा प्रदान गर्नेछ ।

बैंकले आगामी दिनमा अझ बढी कार्यक्षेत्र र सेवा सञ्जाल बृद्घि गर्ने र आफ्ना समस्त ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग प्रणाली मार्फत उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास एवं प्रतिवद्धता व्यक्त गरेको छ ।।