दाङ, २ साउन घोराही ११ शान्तिनगर टोल विकास संस्थाको ७ औं अधिवेशनवाट अध्यक्ष पदमा पोमवहादुर वुढाथोकी निर्वाचित हुनुभएको छ । अधिवेशनवाट उहाँले ५७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । यसैगरी उहाँका प्रतिद्धन्दी कमला देउजाले ५६ मत प्राप्त गर्नुभएको थियो ।

13695144_1845638592349070_1289580709_nलयसैगरी उपाध्यक्षमा पुष्पा वस्नेत, सचिवमा विष्णु वुढा, कोषाध्यक्षमा मोहन हमाल, सहसचिवमा धना पाण्डे निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा आइते वुढा, मनमारी घर्ती, सुन्दर चौधरी, प्रेम नेपाली, अशोका भण्डारी र घनवहादुर केसी निर्वाचित हुनुभएको हो