घोराही, साउन २ । दाङका पुर्व जिविस सभापति तथा राप्रपाका नेता दिनेश बहादुर न्यौपोको आज निधन भएको छ । काठमान्डौको नर्भिक अस्पतालमा उपचारकाक्रममा आज विहान ९ बजे न्यौपानेको निधन भएको परीवारले जनाएको छ । मृगौला, किड्नि सम्बन्धि रोगवाट लामोसमयदेखि पिडित रहनु भएका उहाको ७२ वर्षको उमेरमा निधन भएको हो ।

13672254_905076692930677_1021867314_nन्यौपानेको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिन पार्टिका नेता, कार्यकर्ताहरु राप्रपाको केन्द्रिय कार्यालयमा पुगेका थिए । राप्रपा दाङका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहनु भएको न्यौपानेको पार्थिव शरीरमा राप्रपाका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि लोकेन्द्रबहादुर चन्द, वरीष्ठ नेता पशुपति शमसेर जवरा, प्रकाशचन्द्र लोहनि लगाएतका पार्टिका नेताहरुले संयुक्तरुमा पार्टिको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनु भएको थियो । २००२ सालमा जन्मिनु भएका न्यौपानेको हिन्दु धार्मिक विधि अनुसार काठमान्डौमा पशुपति आर्यघाटमा अन्तिम संस्कार गरीने राप्रपा दाङका सदस्य वंशिकुमार शर्माले जानकारी दिनु भयो ।

न्यौपानेको एक छोरा, तिन छोरी रहेका छन् । यसैविच न्यौपानेको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टिका संगठन विभाग सदस्य तथा पुर्व केन्द्रिय सदस्य तिलकराम शर्मा मजगैयाले दुख ब्यक्त गर्नु भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गरी नेता मजगैयाले न्यौपानेको निधनले पार्टिलाइ ठुलो क्षति पु¥याएको भन्दै दिंवगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परीवारजनप्रति समवेदन प्रकट गर्नु भएको छ । शोकलाई शक्तिमा वदल्न परीवारलाई धैर्य धारण गर्न शक्ति मिलोस भनि कामनासमेत गर्नु भएका नेता मजगैयाले स्वर्गिय न्यौपानेले पार्टिमा पु¥याएका योगदानलाई चिरस्थायि बनाउन पार्टिले पहल गर्ने बताउनु भयो ।

त्यस्तै राप्रपा दाङले पनि न्यौपानेको निधनप्रति दुख ब्यक्त गर्दै श्रद्धाञ्जलि ब्यक्त गरेको छ । पार्टिका जिल्ला अध्यक्ष टोपबहादुर शाहले प्रेस विज्ञप्ति जारी गरी न्यौपानेको निधनले पार्टिलाई अपुर्णिय क्षति पु¥याएको भन्दै उहाको योगदानको सम्मान गर्न पाार्टिले आफ्नोतर्फवाट भुमिका खेल्ने बताउनु भयो । दिवगत आत्माको चिरशान्तिको कामना गर्दै उहाले शोकसन्तप्त परीवारजनप्रति समवेदना प्रकट गर्नु भएको छ। साथै उहाले स्वर्गिय न्यौपानेले पार्टि प्रति पु¥याएको योगदानलाई सबैले आत्मसात गर्नुपर्ने बताउनु भयो ।