इन्द्रेणी संवाददाता
दाङ, १६ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपेरिटेण्डेन्ट डा. विनोद सिंहलाई कालोमोासो दल्ने समूहका नेतृत्वकर्तासहित तीन जना पक्राउ परेका छन् ।
उनीहरु पक्राउ परेपछि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आजदेखि राप्ती प्रादेशिक अस्पतालसहित जिल्लामा आन्दोलनरत सबै स्वास्थ्यकर्मीहरु नियमित काममा फर्कने छन् । मेसुलाई कालोमोसो दल्ने सर्जन परियारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।











