अर्घाखाँची, १६ भदौ । अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
पाणिनी गाउँपालिका ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । लगातारको वर्षा पछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो ।
पहिरोमा परी तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् ।











